Wednesday, August 8, 2012

एक चोटी फेरी:

खुकुरी को धार उदाउने बेला आयो साथी~
बैरी संग जोरी जुदाउने बेला आयो साथी~

दशगँजा मा मिचीदै छ देश को सिमा हाम्रो~
बैरी लाई सिमा पार कुदाउने बेला आयो साथी~

गौतम बुद्ध जन्मिएको जन्म भुमी लुटीदै छ~
माटो को अभिभार बुझाउने बेला आयो साथी~

आउनुहोस् मिली देखाइ दिउ गोरखाली को निडर छात्ती~
हाम्रो शान हाम्रो जाहान बँच्चाउने बेला आयो साथी~

खुकुरी को धार उदाउने बेला आयो साथी~
बेरै संग जोरी जुदाउने बेला आयो साथी~

No comments:

Post a Comment